सिलगढीमा महिलाको ब्याग छिनताई गर्ने युवक पक्राउ

सिलगढी : प्रधान नगर थाना पुलिसले चोरी भएको 24 घण्टाको अवधिमै एकजना युवकलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका युवक अमर नगर इलाका निवासी अरुप कुमारको रूपमा सामेल छन्। प्राप्त जानकारी अनुसार चम्पासरी मोडबाट हिजो एउटी महिलाको ब्याग छिनताई भएको थियो। यसपछि उक्त महिलाले प्रधान नगर थानामा यसबारे अभियोग दर्ता गरिन्। अभियोग दर्ता गरेको 24 घण्टाको अवधिमै प्रधान नगर थाना पुलिसले सादा पोसाकमा अभियान चलाएर गत राति आरोपी युवकलाई पक्राउ गर्नको साथै छिनताई गरेको ब्याग पनि उद्धार गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *