सिलगढीमा महिलाको हत्या भएको 11 वर्षपछि आरोपीलाई आजीवन कारावासको सजाय

सिलगढी : सिलगढी एडिशनल कोर्टले महिलाको हत्या गरेको 11 वर्षपछि आरोपी शैलेस दर्नाललाई आजीवन कारावासको सजाय सुनाएको छ। घटनाक्रम अनुसार वर्ष 2011 को जुन महीनामा बाघडुग्राको एमएम तराई इलाकामा अबेर राति 56 वर्षीय एउटी महिला ज्ञानी विश्वकर्मालाई बोक्सीको सन्देहमा हत्या गरेको थियो। यसपछि बाघडुग्रा पुलिसले यस मामिलामा छिमेकी शैलेसलाई पक्राउ गर्नको साथै तिनको घरबाट हत्या गर्दा प्रयोग गरेको हतियार पनि उद्धार गरेको थियो। उक्त मामिलालाई लिएर अदालतमा सुनवाई शुरू भएपछि अदालतमा 15 जना मानिसको बयान दर्ता गरियो। यसपछि सिलगढी एडिशनल – 2 अदालतका न्यायाधीश जितेन्द्र गुप्ता, सरकारी वकील अमिताभ मुखर्जी, अरूनव गुप्ता भायाको दलील तथा अदालतमा पेश गरिएको साक्ष्यको आधारमा अन्ततः 11 वर्षपछि आज शैलेसलाई हत्याको दोषी ठहराउँदै आजीवन कारावासको सजाय सुनाएको छ। यसको साथै तिनलाई 20 हजार रुपियाँ जरिमाना पनि लगाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *