सिलगढीमा महिला पुलिस अधिकारीको दबङ्ग: मदपान गरेर युवक-युवतीलाई कुटेको आरोप, भिडियो भाइरल

सिलगढी, 24 अक्टोबर: सिलगढी मेट्रोपलिटन पुलिसले शहरमा महिलाहरूको सुरक्षा मजबुत पार्नका लागि पिङ्क मोबाइल पेट्रोलिङ भ्यान सुरु गरेको छ। तर, एउटा भिडियो सार्वजनिक भएको छ, जसले पिङ्क मोबाइल पेट्रोलिङ भ्यानमाथि प्रश्नचिन्ह खडा गरेको छ। उक्त भिडियोमा, पिङ्क मोबाइल पेट्रोलिङ भ्यानमा बसेकी महिला पुलिस अधिकारीको दबंग पनि देख्न सकिन्छ।
यस घटनाका साक्षीहरूले उक्त महिला पुलिस अधिकारीले ड्युटीको समयमा मदपान गरेको आरोप पनि लगाएका छन्। यो घटना 46 नम्बर वार्ड अन्तर्गतको एउटा विद्यालयको मैदानमा भएको हो। प्राप्त जानकारी अनुसार गत राति उक्त विद्यालयको मैदानमा दुईजना नाबालिग युवक र युवती कुरा गर्दै थिए। त्यतिबेला पिङ्क मोबाइल भ्यान पेट्रोलिङको क्रममा त्यहाँ पुग्यो। उक्त समयमा पिङ्क मोबाइल पेट्रोलिङ भ्यानमा रहेका महिला पुलिस अधिकारीले नाबालिग युवक र युवतीलाई कुट्न थालिन्। यो देखेर त्यहाँ उपस्थित स्थानीय मानिसहरू आक्रोशित भए र महिला पुलिस अधिकारीलाई घेरेर विरोध प्रदर्शन गर्न थाले। यद्यपि, स्थानीयहरूको आक्रोश देखेपछि पिङक मोबाइल पेट्रोलिङ भ्यान त्यहाँबाट निस्केर गयो।
उक्त घटनाका नाबालिग युवक र युवतीले बताए अनुसार उनीहरू दुवै साथी हुन्। उनीहरूले भने, “हामी विद्यालयको मैदानमा उभिएर कुरा गर्दै थियौं। अचानक पिङ्क मोबाइल पेट्रोलिङ भ्यान आइपुग्यो अनि केही नसोधी हामीलाई कुट्न थाल्यो।” स्थानीय मानिसहरूले पुलिसको भूमिकाबारे प्रश्न उठाउँदै भने, पुलिसले उनीहरूलाई थानामा लगेर सोधखोज गर्न सक्थ्यो, तर किन कुटपिट गर्नु? यसको साथै, स्थानीय मानिसहरूले उक्त महिला पुलिस अधिकारी ड्युटीको समयमा पनि मदपान गरेको आरोप लगाएका छन्। नाबालिगाको आमाले उक्त महिला पुलिस अधिकारीविरुद्ध कार्वाहीको माग गरेकी छन्। यस घटना बारेमा पुलिस अधिकारीसँग फोनमार्फत सम्पर्क गर्ने प्रयास गरिए तापनि, कसैसँग सम्पर्क हुन सकेन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetneredebahismobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren sitelerbahiscasinoBetebet jojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetsezarcasinojojobetjojobettipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabet girişcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetamgbahiscasibomcasibomcasibomgrandpashabetjojobetcasibomholiganbetholiganbetgrandpashabetholiganbetbetbey girişcasibomcasibombetgaranticashwingrandpashabet girişsekabet girişmatbetpusulabetimajbetpusulabetsekabet girişbettiltgrandpashabetgrandpashabetjojobetgrandpashabetcasibomgrandpashabetholiganbetholiganbet girişgrandpashabetgrandpashabetcasinolevantmarsbahisgrandpashabet girişpusulabet girişdoedadeneme bonusu veren siteler Built with ❤︎ by appycodes