सिलगढीमा महिलासित अभद्र व्यवहार गर्ने व्यक्ति पक्राउ

सिलगढी : भक्ति नगर पुलिसले महिलासित अभद्र व्यवहार गरेको आरोपमा एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति बिहारको समस्तीपुर जिल्लाको कल्याणपुर बस्ती निवासी मनोज कुमार रहमान हुन्। पुलिस सूत्रले दिएको जानकारीअनुसार मनोज कुमार रहमानले आज सेभोक रोड नजिक अटोमा एउटी महिलासित अभद्र व्यवहार गरेको बताइएको छ। यसपछि उक्त महिलाले यसबारे भक्ति नगर पुलिसलाई खबर दिएपछि पुलिस घटनास्थलमा उक्त व्यक्तिलाई पक्राउ गर्यो। पक्रा परेका व्यक्तिलाई आज जलपाईगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *