सिलगढीमा महिलासित दुष्कर्म गर्ने युवक पक्राउ

सिलगढी : महिलासित दुष्कर्म गरेको आरोपमा पुलिसले हिजो एकजना युवकलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। उक्त घटना फुलबारी 2 नम्बर अञ्चल अन्तर्गत कञ्चनबारी इलाकामा घटेको हो। पक्रा परेका युवक 19 वर्षीय लट्टु सिंहको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार लट्टु सिंहले उक्त महिलालाई धम्की दिँदै दुष्कर्म गर्ने गरेको बताइएको छ। गत 23 अगस्तमा पीड़िताले लट्टु सिंहविरुद्ध एनजेपी थानामा एउटा अभियोग दर्ता गरेका थिए भने यसबारे थाहापछि आरोपी युवकले घटनास्थलबाट सुइँकुच्चा ठोकेका थिए। पाँच महिनापछि गोप्य सूचनाको आधारमा एनजेपी थाना पुलिसले अभियान चलाएर हिजो घरबाटै आरोपी लट्टुलाई पक्राउ गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *