सिलगढीमा मास्क नलगाई हिँड्नेहरू पुलिस हिरासतमा

सिलगढी : कोरोनाको दोस्रो लहरले हाल देशका विभिन्न ठाउँहरूमा झैँ यता सिलगढीमा पनि संक्रमित हुने मानिसहरूको संख्या बढ्दै गइरहेको छ। यसैले सिलगढी मेट्रोपोलिटन पुलिस सहरवासीहरूलाई कोरोनाबारे जागरूक गराउँदै अनिवार्य रूपमा मास्क प्रयोग गर्नेबारे सचेतन गराउन सडकमा ओर्लिएको छ। आज बिहानैदेखि सिलगढी मेट्रोपोलिटन पुलिसले सहरवासीहरूलाई मास्कको प्रयोगबारे सचेतन गराउने उद्देश्य लिएर सिलगढी सहरको विभिन्न ठाउँहरूमा अभियान चलाइरहेको छ। उक्त अभियान अवधि सडकमा मास्क नलगाई आवत-जावत गर्ने मानिसहरूलाई पुलिसले हिरासतमा लिइरहेको छ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *