सिलगढीमा मास्क नलगाउनेहरूविरुद्ध पुलिसको अभियान, धेरैजना हिरासतमा

सिलगढी  : कोरोना संक्रमित भएर धेरैजना मानिहरूको मृत्यु भइसकेको छ भने केही विशेषज्ञहरूको भनाइअनुसार कोरोनाको तेस्रो लहर आउने सम्भावना रहेको छ। यस्तो परिस्थितिमा धेरैजना मानिसहरू मास्क नलगाई सिलगढीको बजार तथा सडकहरूमा हिँडडुल गरिरहेका छन्।


यसैले आज सिलगढी थाना पुलिसले यहाँको विधान मार्केटमा अभियान चलाएर मास्क नलगाएका धेरैजना मानिसहरूलाई हिरासतमा लिएको छ। सिलगढी थाना पुलिसले आज सिलगढीको विधान मार्केट, शेठ श्रीलाल मार्केटमा माइकिङको माध्यमद्वारा व्यवसायी तथा ग्राहकहरूलाई यसबारे जागरूक गराए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *