सिलगढीमा मातृभाषा दिवसको उपलक्ष्यमा चित्राङ्कन प्रतियोगिता

सिलगढी : अन्तर्राष्ट्रिय मातृभाषा दिवसको उपलक्ष्यमा आज सिलगढीका शिल्पकारहरूको पहलमा यहाँको अस्पताल मोडस्थित शिशु उद्यानमा चित्राङ्कन प्रतियोगिता साथै विभिन्न चित्र प्रदर्शनीहरूको पनि आयोजना गरियो। उक्त प्रदर्शनीमा युवा-युवतीहरूद्वारा तयार गरिएको विभिन्न प्रकारका चित्रहरू पनि राखिएको थियो। शिल्पी राणा लाहिडीले बताएअनुसार यस्ता चित्राङ्कन प्रदर्शनीहरू केवल थियेटर तथा कार्यशालाहरूमा मात्रै सीमित नराखेर यसलाई सबै सामु राखिने उद्देश्य लिएर यस चित्र प्रदर्शनी गरिएको हो। यसको साथै मातृभाषा र संस्कृतिलाई जगेरा गरेर राख्नु अर्को प्रमुख उद्देश्य रहेको तिनले बताए।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *