सिलगढीमा मेयर गौतम देवले गरे म्यास्टिक रोडको उद्घाटन

सिलगढी : सिलगढीमा मेयर गौतम देवले आज म्यास्टिक रोडको उद्घाटन गरे। धेरै समय अघिदेखि इलाकाका मानिसहरूले म्यास्टिक रोडको माग गरिरहेका थिए भने सिलगढीका मेयर तथा 33 नम्बर वार्डका पार्षद गौतम देवले उक्त माग पुरा गरिदिएका छन्। सिलगढी 26 तथा 33 नम्बर वार्डको सीमामा म्यास्टिक रोडको निर्माण गरिएको छ। उक्त सडकको निर्माण लगभग 26 लाख रुपियाँको लागतमा गरिएको हो। आज मेयर गौतम देवले उक्त सडकको उद्घाटन गरे। यस अवसरमा डेपुटी मेयर रञ्जन सरकार, 4 नम्बर  बोरो चेयरम्यान जयन्त साहा, मेयर परिषद सिक्ता दे बसु राय लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *