सिलगढीमा मेयर्स कप भलिबल टुर्नामेन्ट शुरू

सिलगढी : सिलगढीमा मेयर्स कप भलिबल टुर्नामेन्ट शुरू भएको छ। सिलगढी नगरनिगमको तर्फबाट आज सिलगढी कलेजको मैदानमा मेयर्स कप भलिबल टुर्नामेन्ट शुरू भएको छ।  उक्त टुर्नामेन्टमा 5 वटा महिला टोली,, 5 वटा पुरुष टोलीले अंश ग्रहण गरेको छ। यी 10 वटा टोलीमध्ये 8 वटा टोली कोलकाताबाट आएको छ। उक्त टुर्नामेन्टमा दिनरात गरेर मोठ 13 वटा म्याच खेलाइनेछ। उक्त टुर्नामेन्टमा कोलकाताका 7 जना र सिलगढीका 8 जना रेफरी रहनेछ। महिला टोलीमा कल्याण परिषद र मोगरा भलिबल एकाडेमी अनि पुरुष टोलीमा चेतला अग्रणी क्लब र जीटीएससी टोलीको खेलबाट टुर्नामेन्टको शुरूआत गरियो। उक्त टुर्नामेन्ट आगामी 12 फरवरीसम्म चल्नेछ। आगामी 12 फरवरीमा सम्पन्न हुने फाइनल खेलमा विजयी टोलीलाई नगद पुरस्कार प्रदान गरिनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *