सिलगढीमा मेगा ब्लड डोनेसन क्याम्प 17 सेप्टेम्बरमा हुने

सिलगढी : तेरापन्थ युवक परिषदको तर्फबाट आगामी 17 सेप्टेम्बरको दिन देशभरिमै मेगा ब्लड डोनेसन क्याम्पको आयोजना गरिने भएको छ। उक्त क्याम्पको माध्यमद्वारा 2 लाख युनिट रगत संग्रह गर्ने लक्ष्य राखिएको छ। यसैगरी, उक्त दिन सिलगढी र जलपाईगढीमा पनि मोठ 11 वटा शिविरको आयोजना गरिने भएको छ। सिलगढी जर्नलिस्ट्स क्लबमा आज एउटा पत्रकार सम्मेलनको आयोजना गरेर संगठनका सदस्यहरूले यसबारे जानकारी दिएका छन्। तेरापन्थ युवक परिषदका अध्यक्ष सुशील कुमार मालोले बताएअनुसार देशभरिमै रक्तदान शिविरको आयोजना गरेर मोठ 2 लाख युनिट रगत संग्रह गर्ने संगठनको लक्ष्य रहेको छ। यसैले केही महत्वपूर्ण स्थानहरू लगायत सिलगढी र जलपाईगढीमा पनि 11 वटा शिविरको आयोजना गरिने भएको छ  भने सिलगढीबाट 1500 युनिट रगत संग्रह गर्ने लक्ष्य राखिएको छ। मेगा ब्लड डोनेसन क्याम्पमा संग्रह गरिएको रगत सिलगढी लायन्स तराई, रोटरी सहित विभिन्न सरकारी ब्लड ब्याङ्कहरूमा पठाइनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *