सिलगढीमा माइक्रो फाइनेन्स कम्पनीविरुद्ध ठगीको मामिला दर्ता

सिलगढी सिलगढीमा एउटा माइक्रो फाइनेन्स कम्पनीविरुद्ध रुपियाँ लिएर ठगी गरेको अभियोग उठेको छ। आज उक्त कम्पनीविरुद्ध सिलगढी थानामा एउटा लिखित अभियोग दर्ता गरिएको छ। स्मरण रहोस्, सिलगढी निवासी राजु पासवानले कम्पनीको एजेन्ट सुरेश कुमार प्रसादको माध्यमद्वारा कम्पनीको एउटा प्रोजेक्टमा रुपियाँ लगाएका थिए। नियमानुसार राजु पासवानले वर्ष 20/12/17 –मा दुईपल्ट 12 हजार 500 रुपियाँ गरेर मोठ 25 हजार रुपियाँ जम्मा गरेका थिए। यसको 36 महीनापछि अर्थात् वर्ष 2020-मा तिनले 76 हजार 500 रुपियाँ पाउनेछन् भनी बताइएको थियो। तर म्याचुरिटी पुरा भए तापनि तिनले हालसम्म उक्त रुपियाँ पाएका छैनन्। तिनी रुपियाँ लिनको लागि कैयौँपल्ट उक्त कम्पनीमा गए तापनि कुनै फाइदा नभएपछि अन्तमा बाध्य भएर तिनले आज सिलगढी थानामा उक्त कम्पनीविरुद्ध अभियोग दर्ता गरेका छन्। अर्कोतिर, अभियोगको आधारमा जाँच शुरू गरेको सिलगढी थाना पुलिसले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *