सिलगढीमा मोबाइल छिनताई गर्ने युवक पक्राउ

सिलगढी : प्रधान नगर थाना पुलिसले सादा पोशाकमा अभियान चलाएर मोबाइल छिनताई गरेको आरोपमा शिवा बर्मन उर्फ बाउ नाम गरेको युवकलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गरियो। प्राप्त जानकारी अनुसार गत 29 तारिख मल्लागुड़ी फ्लाई ओभर ब्रीजमा रहेको एउटा सिटी अटोमा बसेकी एकजना युवतीको हातबाट शिवा बर्मनले मोबाइल खोसेर भागेका थिए। यसपछि गत 30 तारिक सोनाली दास नाम गरेकी उक्त युवतीले थानामा मोबाइल छिनताई भएकोबारे एउटा लिखित अभियोग दर्ता गरिन्। अभियोगको आधारमा जाँचमा जुटेका प्रधान नगर थानाका पुलिसले छिनताई भएको 24 घण्टाको अवधिमा हिजो राति दुर्गागढी संलग्न कालीबाड़ी इलाकाबाट शिवा बर्मनलाई पक्राउ गरेको बताइएको छ। पुलिसले आरोपी शिवाबाट छिनताई गरेको मोबाइल पनि उद्धार गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *