सिलगढीमा नाबालिकाको रहस्यमय मृत्यु, एकजना नाबालक पक्राउ

सिलगढी : सिलगढीको शान्तिपाडा निवासी एउटी नाबालिकाको रहस्यम ढङ्गमा मृत्यु भएको घटनामा एनजेपी थाना पुलिसले एकजना नाबालकलाई पक्राउ गरेको छ। प्राप्त जानकारीअनुसार गत 14 अप्रेलको दिन एनजेपी थानामा नाबालिका निखोज भएको बारे एउटा अभियोग दर्ता गरिएको थियो भने गत 18 अप्रेलको दिन फुलबारी क्यानलबाट नाबालिकाको सडेको-गलेको अवस्थामा शव उद्धार गरिएको थियो। नाबालिकाको परिवारका सदस्यहरूले तिनको हत्या गरेको आरोप लगाउँदै केही मानिसहरूविरुद्ध अभियोग दर्ता गरेपछि पुलिसले हिजो शान्तिपाडाबाट एकजना नाबालकलाई पक्राउ गरेको छ। आज उक्त नाबालकलाई जलपाईगढी अदालतमा पेश गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *