सिलगढीमा नाबालिकासित दुष्कर्म गर्ने प्रयास गरेको आरोपमा 76 वर्षीय वृद्ध पक्राउ

सिलगढी : सिलगढीको सुभाषपल्ली इलाकाको एउटा रासन दोकानमा समान लिन गएकी नाबालिकासित दुष्कर्म गर्ने प्रयास गरेको आरोपमा पुलिसले 76 वर्षीय वृद्धलाई पक्राउ गरेको छ। पक्रा परेका वृद्ध मधुसूदन मानीको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार हिजो एउटी नाबालिका सुभाषपल्लीको एउटा दोकानमा समान किन्न गएकी थिइन्। त्यस समय दोकान मालिक मधुसूदन मानीले समान दिने बहानामा तिनीसित अश्लील व्यवहार गर्नको साथै दुष्कर्म गर्ने प्रयास गरेको आरोप रहेको छ। तथापि, उक्त नाबालिका कुनै प्रकारले त्यहाँबाट भाग्न सफल भइन्। यसपछि तिनी घरमा पुगेर परिवारका सदस्यहरूलाई घटनाबारे विस्तृत जानकारी गराइन्। परिवारका सदस्यहरूले गत राति नै सिलगढी महिला थानामा दोकानेविरुद्ध लिखित अभियोग दर्ता गरेपछि अभियोगको आधारमा पुलिसले आरोपी वृद्धलाई पक्राउ गरेको बताइएको छ। पुलिसले आरोपी वृद्धविरुद्ध पोस्को एक्ट अन्तर्गत मामिला दर्ता गरेपछि आज तिनलाई सिलगढी अदालतमा पेश गर्यो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *