सिलगढीमा नदीबाट अज्ञात व्यक्तिको शव उद्धार

सिलगढी (निसं): सिलगढी नगर निगमको 46 नम्बर वार्ड अन्तर्गत नेताजी कलोनीस्थित महेशमारी नदीबाट एकजना आधा वैशे उमेर पुगेका व्यक्तिको शव उद्धार गरिएको छ। उक्त घटनापछि इलाकामा सनसनी फैलिएको छ। प्राप्त जानकारी अनुसार आज बिहान स्थानीय मानिसहरूले एकजना व्यक्तिको शव महेशमारी नदीमा बगिरहेको अवस्थामा देखे। यसपछि घटनाबारे वार्ड पार्षद अनि प्रधान नगर थाना पुलिसलाई जानकारी दिए छ। घटनाको खबर पाउन साथ पार्षद सहित पुलिस घटनास्थलमा पुगे अनि नदीबाट शव उद्दार गरे। यसपछि शवलाई पोस्टमार्टमको लागि उत्तर बंगाल मेडिकल कलेज एवं अस्पताल पठाइदिएको छ। समाचार लेखुञ्जेलसम्म शवलाई चिन्हित गर्न सकिएको छैन। तथापि, पुलिस मृतकको पहिचान गर्ने कार्यमा  जुटेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *