सिलगढीमा नगद रुपियाँ, पिस्तोल सहित 3 जना पक्राउ

सिलगढी : डीडी (डिटेक्टिभ डिपार्टमेन्ट)-ले एउटा पिस्तोल, 9 राउण्ड जिउँदो कार्तुस सहित 3 जना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेकाहरू सिलगढी निवासी राकेश चावला, अमित शर्मा र मिठुन बर्मन सामेल छन्। गोप्य सूचनाको आधारमा डिटेक्टिभ डिपार्टमेन्टका अधिकारीले सिलगढी जङ्क्सन इलाकामा अभियान चलाएर एउटा पिस्तोल, 9 राउण्ड जिउँदो कार्तुस, 3 लाख नगद रुपियाँ, 4 वटा मोबाइल सहित 3 जना व्यक्तिलाई पक्राउ गरेको बताइएको छ। पक्रा परेका व्यक्तिहरूविरुद्ध आर्म्स एक्ट अन्तर्गत मामिला दर्ता गरेर आज तिनीहरूलाई सिलगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *