सिलगढीमा नगरनिगम सेवा शुरू गरिनुपर्ने मागमा प्रशासकलाई ज्ञापन

सिलगढी : कोरोना परिस्थितिमा साधारण मानिसहरू सिलगढी नगरनिगमको परिसेवाहरूबाट वञ्चित भएका छन्। यसैले नगरनिगमको परिसेवाहरू चाँडै शुरू गर्ने माग गर्दै आज वामपन्थी को-अर्डिनेटरहरूको तर्फबाट प्रशासक सुरेन्द्र गुप्तलाई एउटा ज्ञापन पत्र चढायो। हाल कोरोनाको दोस्रो लहरले देशमा चिन्ताजनक परिस्थिति उत्पन्न भइरहेको छ। कोरोना संक्रमितहरूको संख्या निक्कै बढ्दै गइरहेको छ भने मृत्यु दरले पनि रिकर्ड तोडिसकेको छ। यता सिलगढीमा पनि प्रत्येक दिन धेरैजना मानिसहरू कोरोना संक्रमित भइरहेका छन्। यस्तो परिस्थितिमा सिलगढी नगरनिगम मुकदर्शक बनेको वामपन्थी को-अर्डिनेटरहरूको आरोप रहेको छ। नगर सेवा चाँडै शुरू गरिनुपर्ने माग गर्दै आज सिलगढीका पूर्व वामपन्थी विधायक अशोक भट्टाचार्यको नेतृत्वमा वामपन्थी को-अर्डिनेटरहरूले नगरनिगममा गएर प्रशासकसित भेट गरेर एउटा ज्ञापन पत्र चढाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *