सिलगढीमा नकली मोबिल बिक्री, पुलिसद्वारा कारखानामा चलाइयो अभियान

सिलगढी : प्रधान नगर थाना पुलिस र ईबी-ले सिलगढीमा नकली मोबिल बनाउने कारखानाको पर्दाफाश गरेको छ। नकली मोबिल सिलगढीको बजारमा बिक्री भइरहेको सिलगढी मेट्रोपोलिटन पुलिसले अभियोग पाएपछि सिलगढी मेट्रोपोलिटन पुलिसको प्रधान नगर थाना र ईबी-को टीमले समर नगर इलाकामा नकली मोबिल बनाउने कारखानाको खुलासा गर्दै धेरै संख्यामा नाम चलेको कम्पनीको डिब्बा, कम्पनीको लोगो र स्टिकर उद्धार गरेको छ।


यसको साथै केही लिटर नकली मोबिल पनि जफत गरेको छ। तथापि, कारखानाको मालिक अशोक शिकदारले घटनास्थलबाट सुइँकुच्चा ठोकेको बताइएको छ। पुलिसले कारखानाको मालिकको खोजी शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.