सिलगढीमा नकली पासपोर्ट मामिलामा वरुण सिंह राठोर हिरासतमा

सिलगढी : सिलगढीमा नकली कागजपत्रको आधारमा पासपोर्ट बनाउने गरेको घटनामा वरुण सिंह राठोरलाई सीबीआई-ले हिरासतमा लिएको छ। लगभग 28 घण्टासम्म नक्सलबारीस्थित वरुण सिंहको घरमा छापामार अभियान चलाएपछि सीबीआईका अधिकारीहरू त्यहाँबाट निस्केको बताइएको छ। प्राप्त जानकारी अनुसार नकली पासपोर्ट बनाउने मामिलाको मुख्य आरोपी वरुण सिंह राठोरको घरबाट सीबीआई-ले अधिक मात्रामा नकली कागजपत्रहरू उद्धार गरेको छ। सीबीआई-ले हिजो बिहानदेखि वरुण सिंहको घरमा छापामार अभियान शुरू गरेको थियो भने छानबीन तथा सोधखोज गरेपछि गत राति नै वरुण सिंह राठोरलाई हिरासतमा लिएको बताइएको छ। स्मरण रहोस्, सीबीआईको विभिन्न टोलीले पश्चिम बङ्गाल, सिक्किम लगायत मोठ 50 वटा ठाउँमा छापामार अभियान चलाएको थियो। यस अवधि सीबीआईले सिक्कमको गान्तोकस्थित पासपोर्ट सेवा केन्द्रका सिनियर सुपरिटेन्डेन्टलाई पनि पक्राउ गरेको छ। सीबीआई-ले हिजो बिहानैदेखि सिलगढी महकुमाको नक्सलबारीस्थित वरुण सिंह राठोरको घरमा छापामार अभिया चलाउँदा घर नजिकै रहेको खाली ठाउँ तथा रुखबाट धेरैवटा नकली कागजपत्र तथा सिल उद्धार गरेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *