सिलगढीमा नामी बिल्डरको घर अनि कार्यालयमा केन्द्रीय एजेन्सीको रेड, व्यवसायीहरूमा मच्चियो हलचल

सिलगढी : सिलगढीमा आज बिहानै बिल्डरको घर अनि कार्यालयमा अतिथि भएर आइपुगे इनकम ट्याक्सको एउटा टोली। यसलाई लिएर शहरभरि नै फैलियो सनसनी। व्यवसायी माहौलमा आयकर विभागको  सरप्राइज रेडले हलचल शुरू भएको छ। आज एकाबिहानै लगभग 5 बजीदेखि आयकर विभागको रेड सिलगढीमा बिल्डरको घर अनि कार्यालय मिलाएर मोठ चार ठाउँमा चलिरहेको छ। आयकर टोलीको रेडलाई हेर्दा यो रेड लामो समयसम्म चल्ने अनुमान लगाइएको छ। स्मरण रहोस, रियल स्टेट व्यवसायी सिलगढीको धेरै नामी बिल्डर जसले केही बिल्डिङहरू बनाइसकेका छन्। सूत्रले दिएको जानकारी अनुसार आयकर टीमले गत केही घण्टा अघिदेखि उक्त बिल्डरको फाइल लगातार खङ्गालीरहेको छ। गत रातिदेखि नै शहरमा उक्त बिल्डरको कार्यालय र घरको खोजीमा आयकरको टीम लागीपरेको थियो। यसपछि आज बिहान लगभग 5 बजे 30 मिनटमा लगभग 36 जना आयकर विभागका अधिकारीहरूको टीमले सिलगढीको सेभोक रोड,एसएफ रोड सहित चार ठाउँमा एकैसाथ छापामार अभियान चलाएको बताइएको छ। यसको साथै सिक्किममा पनि उक्त बिल्डरको एकजना साथीको घरमा आयकर विभागको टोलीले रेड गरेको जानकारी प्राप्त भएको छ। भर्खरै प्राप्त जानकारी अनुसार हाल ती सबै ठाउँमा आयकर विभागले सबै कागज-पत्रहरूको जाँच गरिरहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *