सिलगढीमा नानीका आमाहरूलाई कोरोनाको टीकाकरण शुरू

सिलगढी : राज्य सरकारको निर्देश तथा सिलगढी नगरनिगमको पहलमा सिलगढीको कञ्चनजङ्घा स्टेडियममा आजदेखि 12 वर्षसम्म उमेर पुगेको नानीका आमाहरूलाई कोरोनाको टीकाकरण शुरू भएको छ। सिलगढी नगरनिगमका प्रशासक गौतम देवले उक्त शिविरको उद्घाटन गरे। सिलगढी नगरनिगम इलाकाको शून्यदेखि 12 वर्ष पुगेको नानीका आमाहरूलाई उक्त शिविरको माध्यमद्वारा कोरोनाको खोप लगाइने बताइएको छ।


यस अवसरमा गौतम देवले हाल 12 वर्षसम्म उमेर पुगेको नानीका आमाहरूलाई कोरोनाको खोप लगाइने व्यवस्था गरिएको छ भने सिलगढीको मोठ 11 वटा प्राथमिक स्वास्थ्य केन्द्रमा टीकाकरण शिविर चलिरहेको छ। आगामी दिनमा प्रत्येक वार्डमा कोरोना टीकाकरणको व्यवस्था गरिने तिनले बताए। यस अवसरमा सिलगढी नगरनिगमका चेयरम्यान गौतम देव, प्रशासक मण्डलीका सदस्य रञ्जन सरकार लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *