सिलगढीमा नशालु चिया पिलाएर टोटो र रुपियाँ चोरी, चोपडाबाट चोर पक्राउ

सिलगढी, 26 अक्टोबर: सिलगढीमा यात्रुको रूपमा बसेको एकजना बदमासले चालकलाई नशालु चिया पिलाएर टोटो र रुपियाँ चोरी गरेको घटना प्रकाशमा आएको छ। तर, पुलिसले घटनाको छानबिन गर्दै चोरलाई पक्राउ गरेको छ। आरोपीको नाम मोहम्मद नविब बताइएको छ।
जानकारी अनुसार, गत 18 अक्टोबर शुभजीत चौधरी नामक एकजना व्यक्तिले आफ्नो टोटोमा एकजना यात्रुलाई लिएर सिलगढी अस्पतालको अगाडि हुँदै हाकर्स कर्नर, महाबीर स्थानपछि एसएफ रोडतर्फ गएका थिए। त्यहाँ यात्रुले उनलाई जलपाईमोड जाने आग्रह गरे। जलपाईमोड नजिक पुगेपछि यात्रुले एउटा चिया पसलको नजिक टोटो रोक्न लगायो। त्यहाँ यात्रुले चियामा नशालु पदार्थ मिलाएर चालक शुभजीतलाई दिए। चालकले चिया पिएपछि बेहोश भए।
होशमा आएपछि चालकले आफ्नो झोलाबाट रुपियाँ हराएको साथै टोटो पनि हराएको थाहा पाए। त्यसपछि चालकले सिलगढी थानामा घटनाबारे लिखित अभियोग दर्ता गरे। अभियोगको आधारमा सिलगढी थानाको एन्टी क्राइम विङ्गले घटनाको छानबिन सुरु गर्यो। यस क्रममा पुलिसले सिलगढी जिल्ला अस्पतालदेखि हाक्स कर्नर, महाबीर स्थान र एसएफ रोडका विभिन्न सीसीटीभी फुटेजको छानबिन गर्न थाल्यो। अन्ततः शुक्रबार साँझ सिलगढी थानाको एन्टी क्राइम विङ्गले गोप्य सूचना अनुसार अभियान चलाएर उत्तर दिनाजपुर जिल्लाको चोपडास्थित रामगञ्जबाट चोरी भएको टोटोसहित आरोपीलाई पक्राउ गर्यो। आज आरोपीलाई सिलगढी अदालतमा पेश गऱ्यो। पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbettipobetritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes