सिलगढीमा नशालु इन्जेक्सन सहित एकजना पक्राउ

सिलगढी : प्रधान नगर थाना पुलिसले सिलगढीको जङ्क्सनबाट नशालु इन्जेक्सनसहित एकजना युवकलाई पक्राउ गरेको छ। पक्रा परेका युवक दार्जिलिङ निवासी प्रेमा तामाङको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार प्रेमा तामाङले आज साँझ धेरै मात्रामा प्रतिबन्धित नशालु इन्जेक्सन लिएर दार्जिलिङ जानको लागि जङ्क्सनमा वाहन पर्खिरहेका थिए। प्रधान नगर थाना पुलिसले यसबारे खबर पाएपछि जङ्क्सनमा पुगेर डेपुटी मजिस्ट्रेटको उपस्थितिमा प्रेमा तामाङको ब्याग छानबीन गर्दा लगभग 200 पीस नशालु इन्जेक्सन उद्धार गर्नको साथै प्रेमा तामाङलाई पक्राउ गरेको बताइएको छ। पक्रा परेका युवकलाई भोलि सिलगढी अदालतमा पेश गरिनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *