सिलगढीमा नशालु ट्याबलेटसहित दुईजना पक्राउ

सिलगढी : प्रधान नगर थाना पुलिसले प्रतिबन्धित नशालु ट्याबलेटसहित दुईजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेकाहरू क्रमैले सनोज साहनी र प्रीतम पालको रूपमा चिन्हित गरिएको छ। तिनीहरूमध्ये सनोज साहनी कुलीपाड़ा निवासी र प्रीतम पाल बाघाजतीन कोलनी निवासी हुन्। प्राप्त जानकारी अनुसार गोप्य सूचनाको आधारमा प्रधान नगर थाना पुलिसले सादा पोशाकमा जङ्क्शन संलग्न एसएनटी बस स्ट्यान्डमा अभियान चलाएर सनोज साहनी र प्रीतम पाललाई लगभग सात हजार प्रतिबन्धित नशालु ट्याबलेटसहित पक्राउ गरेको बताइएको छ। पक्रा परेका दुईजना व्यक्तिलाई आज सिलगढी अदालतमा पेश गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *