सिलगढीमा नेताजी सुभाष चन्द्र बोसको जन्म जयन्ती पालन

सिलगढी : देशभरिमा झैँ यता सिलगढीमा पनि आज नेताजी सुभाष चन्द्र बोसको जन्म जयन्ती पालन गरियो। आज बिहानैदेखि सिलगढीको विभिन्न ठाउँमा विविध कार्यक्रमको माध्यमद्वारा नेताजी सुभाष चन्द्र बोसको जन्म जयन्ती पालन गरियो। यसै क्रममा सिलगढी नगरनिगमको तर्फबाट पनि आज नेताजीको जन्म जयन्ती पालन गरियो। यस अवसरमा सिलगढीको सुभाषपल्ली नेताजी मोडमा नेताजीको सालिग अघि झण्डा उत्तोलन गरियो। यसपछि सिलगढी नगरनिगमका मेयर गौतम देव, डेपुटी मेयर रञ्जन सरकार लगायत अन्यले नेताजीको सालिगमा माल्यार्पण गरेर तिनलाई श्रद्धासुमन अर्पण गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *