सिलगढीमा नेताजी सुभाष चन्द्र बोसको जन्म जयन्ती पालन

सिलगढी : देशभरिमा झैँ यता सिलगढीमा पनि नेताजी सुभाष चन्द्र बोसको जन्म जयन्ती पालन गरियो। नेताजीको जन्मजयन्तीको उपलक्ष्यमा सिलगढीको सुभाषपल्लीस्थित नेताजीको सालिग सहित अन्य विभिन्न ठाउँमा रहेको नेताजीको सालिगलाई सुन्दर रूपमा सजाइयो। सुभाषपल्लीस्थित नेताजीको सालिगमा मेयर गौतम देवले माल्यार्पण गरेर तिनलाई श्रद्धाञ्जलि अर्पण गरे। यसको साथै झण्डा पनि उत्तोलन गरियो। अर्कोतिर, जलपाईगढीका सांसद जयन्त राय, भाजपाको दार्जिलिङ जिल्ला अध्यक्ष तथा मतिगढा-नक्सलबारीका विधायक आनन्दमय बर्मन लगायत भाजपाका अन्य कार्यकर्ताहरूले नेताजीको सालिगमा माल्यार्पण गरेर श्रद्धाञ्जलि अर्पण गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *