सिलगढीमा नाइट कर्फ्यूको पालन नगरेको आरोपमा 30 भन्दा अधिक पक्राउ

सिलगढी : कोरोना संक्रमणलाई ध्यान राखेर राज्यभरिमै राति 9 बजीदेखि बिहान 5 बजीसम्म नाइट कर्फ्यू जारी रहेको छ। उक्त कर्फ्यूको पालन भइरहेको छ अथवा छैन भन्ने विषयमा सिलगढी मेट्रोपोलिटनका डीसीपी (ईस्ट) जय टूडुले गत राति सिलगढी थाना, पानीट्याङ्की आउटपोस्ट, भक्ति नगर, प्रधान नगर थाना अन्तर्गत क्षेत्रहरूको निरीक्षण गरे। यसको साथै नाइट कर्फ्यू अवधि पुलिस कर्मीहरूले के-कस्तो प्रकारले नजरदारी राखिरहेको छ भन्ने विषयको पनि तिनले निरीक्षण गरे। निरीक्षण अवधि तिनले पुलिस कर्मीहरूलाई राति 9 बजीपछि कुनै काम बिनै सडकमा घुमफिर गर्नेहरूविरुद्ध कठोर कार्वाही गर्ने निर्देश दिएका छन्। गत  राति नाइट कर्फ्यूको पर्वाह नगरी सडकमा घुमफिर गरिरहेका लगभग 30 भन्दा अधिक मानिसहरूलाई डिजास्टर म्यानेजमेन्ट एक्ट अन्तर्गत पक्राउ गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *