सिलगढीमा निकालिइने पदयात्राको प्रशासनिक तयारी शुरू

सिलगढी : आगामी आइतबार सिलगढीको पदयात्रामा तृणमूल नेत्री ममता ब्यानर्जीले अंश ग्रहण गर्ने भएकी छन्। उक्त पदयात्रालाई लिएर हाल प्रशासन र तृणमूल कङ्ग्रेसको तर्फबाट युद्धस्तरमा तयारी चलिरहेको छ। आइतबार दिउँसो 12 बजी सिलगढीको मल्लागढी मोडबाट उक्त पदयात्रा शुरू गरेर यहाँको सडकहरूको परिक्रमा गर्दै अन्तमा भेनस मोडमा पुगेर समापन गरिने भएको छ। उक्त पदयात्राले गर्दा साधारण मानिसहरूलाई कुनै प्रकारको असुविधा नहोस् भन्ने उद्देश्य लिएर पुलिस प्रशासनले विशेष ध्यान दिइने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *