सिलगढीमा निःशुल्क आँखा एवम् स्वास्थ्य जाँच शिविरको आयोजना

सिलगढी : सिलगढी ईस्ट बेङ्गल फ्यान क्लबको तर्फबाट कञ्चनजङ्घा स्टेडियममा निःशुल्क आँखा एवम् स्वास्थ्य जाँच शिविरको आयोजना गरियो। ईस्ट बेङ्गल फ्यान क्लबका पूर्व सचिव दिवङ्गत दीपक दासको 22औँ मृत्युवार्षिकीको उपलक्ष्यमा उक्त शिविरको आयोजना गरिएको बताइएको छ। उक्त शिविरमा लगभग 200 जना मानिसहरूले स्वास्थ्य जाँच गराए। यस अवसरमा पद्मश्री करिमुल हक, ईस्ट बेङ्गल फ्यान क्लबका चेयरम्यान नान्टु पाल, भाइस प्रेसिडेन्ट बाबलु तालुकदार, सचिव अनुप बसु, रबिन मजुमदार लगायत अन्य सदस्यहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *