सिलगढीमा नौकरानीहरूको लागि निःशुल्क टीकाकरण शिविरको आयोजना

सिलगढी : घरमा काम गर्ने (नौकरानी)-हरूको लागि आज सिलगढीमा टीकाकरण शिविरको आयोजना गरियो। सिलगढीको किरणचन्द्र भवनमा आयोजना गरिएको उक्त टीकाकरण शिविरमा लगभग 150 जनालाई घरमा काम गर्ने मानिसहरूलाई निःशुल्क कोरोनाको खोप लगाइयो। आमार तारा नाम गरेको एउटा स्वयम्‌सेवी संस्था तथा नबीना सरकारको पहलमा एवम् 14 नम्बर वार्ड कमिटीको सहयोगमा उक्त टीकाकरण शिविरको आयोजना गरिएको हो। आयोजककर्ताहरूले एउटा गैर सरकारी नर्सिङहोमबाट कोरोनाको भ्याक्सिन किनेर आज घरमा काम गर्ने मानिसहरूलाई निःशुल्क कोरोनाको खोप लगाइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *