सिलगढीमा अनलाइन सपिङ एपबाट खेलौना अर्डर गर्दा ठगीको सिकार युवक

सिलगढी : अनलाइन सपिङ एपबाट खेलौना अर्डर गर्दा एकजना युवकले 30 हजार रुपियाँ गुमाउन परेको घटना प्रकाशमा आएको छ। प्राप्त जानकारी अनुसार सिलगढीको शक्तिगढ इलाका निवासी अभिषेक नन्दीले गत 13 अक्टोबरमा एउटा अनलाइन सपिङ एपबाट 287 रुपियाँको खेलौना (डलफिन) अर्डर गरेका थिए भने गत 27 अक्टोबरको दिन अर्डर गरेको समान आएपछि प्याकेट खोलेर हेर्दा डलफिनको सट्टामा भिन्नै समान आएको थियो। तिनले उक्त अर्डर फिर्ता दिन चाहे तापनि एपमा तक्निकी समस्याको कारण समान फिर्ता गर्न सकेनन्। तिनले ट्वीटर अकाउन्टमा उक्त समानको फोटो पोस्ट गर्दा उक्त एपको तर्फबाट युवकलाई रिप्लाई गरेपछि तिनले सम्पर्क गर्दा साइबर ठगीको शिकार भएको बताइएको छ। तिनले लगभग 30 हजार रुपियाँ गुमाउनु पर्यो। यसपछि तिनले घटनाबारे सिलगढी साइबर क्राइम थानामा अभियोग गरेपछि अभियोगको आधारमा साइबर क्राइम थानाले जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *