सिलगढीमा पश्चिमबंग तृणमूल माध्यमिक शिक्षक समितिको शिक्षक समावेशको आयोजना

सिलगढी : सिलगढीको शक्तिगढ रवीन्द्र मञ्चमा आज पश्चिमबंग तृणमूल माध्यमिक शिक्षक समितिको शिक्षक समावेशको आयोजना गरियो। यस अवसरमा सिलगढी विधानसभा आसनका तृणमूल प्रार्थी ओमप्रकाश मिश्र, डाबग्राम-फुलबारी आसनका प्रार्थी गौतम देव उपस्थित थिए। आगामी दिनमा विभिन्न ठाउँहरूमा तृणमूल प्रार्थीको समर्थनमा यस प्रकारको समावेशको आयोजना गरिने संगठनका दार्जिलिङ जिल्ला सभापति सुप्रकाश रायले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *