सिलगढीमा पाँच दिवसीय कोरोना टीकाकरण शिविर

सिलगढी : सिलगढीको सेभोक रोडमा आजदेखि उद्योगपतिहरूद्वारा 5 दिवसीय कोरोना टीकाकरण शिविरको आयोजना गरियो। आजदेखि सिलगढीको विभिन्न फ्याक्ट्रीमा काम गर्ने श्रमिकहरूलाई निःशुल्क टीकाकरण लगाइरहेको छ। उक्त शिविरमा लगभग एक हजार मानिसहरूलाई कोरोनाको खोप लगाइनेछ। राज्य सरकारको सहयोगमा उक्त पहल गरिएको हो। शिविरमा कर्मचारी लगायत तिनीहरूका परिवारका सदस्यहरूलाई पनि कोरोनाको खोप लगाइनेछ। औद्योगिक क्षेत्रमा उक्त शिविरको आयोजना गरिएको छ भने आजदेखि फुलबारीमा टीकाकरण शुरू गरियो। यहाँ विभिन्न कारखानामा काम गर्ने श्रमिकहरूलाई कोरोनाको खोप लगाइनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *