सिलगढीमा पनि चीनका राष्ट्रपतिको पुतला दहन

सिलगढी : लद्दाखको गाल्वान घाटीमा भारत र चीनबीच भएको संघर्षमा 20 जना भारतीय सेनाका जवान शहीद भएका छन्। यसैले चीनको विरोध जनाउँदै दार्जिलिग जिल्ला युवा कांग्रेसको तर्फबाट सिलगढीको हाशमी चौकमा चीनका राष्ट्रपति शी जिनपिङको पुतला दहन गरियो। यसको साथै दार्जिलिङ जिल्ला युवा कांग्रेसले आज जिल्ला कार्यालयबाट एउटा प्रतिवाद र्‍याली पनि निकाले। उक्त र्‍यालीमा संगठनका सदस्यहरूले चीन सरकारको विरोधमा विभिन्न नाराबाजी लगाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *