सिलगढीमा परीक्षा केन्द्रमा मोबाइल सहित पक्रा परिन् एकजना छात्रा

सिलगढी (निसं): परीक्षा केन्द्रमा इलेक्ट्रोनिक ग्याजेट मोबाइल लैजान प्रतिबन्ध लगाएको छ। तर नियमको पर्वाह नगरी आज मार्गरेट स्कुलमा रहेको परीक्षा केन्द्रबाट एकजना छात्राको मोबाइल उद्धार गरेको छ। उक्त छात्रा श्रीगुरू विद्यामन्दिरका छात्रा हुन्। घटनाक्रम अनुसार आज उच्च माध्यमिक परीक्षाको फिलोसफी परीक्षा अवधि एकजना परीक्षार्थीले मोबाइल लुकाएर परीक्षा केन्द्रमा लगिन्। परीक्षार्थीहरूलाई प्रश्न पत्र दिने क्रममा केन्द्रमा उपस्थित शिक्षकले उक्त परीक्षार्थीसित मोबाइल रहेको थाहा पाएपछि स्कुलको प्रधान शिक्षक र बोर्डका अधिकारीलाई यसबारे अवगत गराए। यसपछि नियम उल्लङ्घन गरेको आरोपमा उक्त परीक्षार्थीको फिलोसफीको परीक्षा रद्द गरिदिएको बताइएको छ। यस विषयमा मार्गरेट स्कुलका प्रधान शिक्षक कल्याण कुमार दासले भने, परीक्षा केन्द्रभित्र प्रश्न पत्र डिस्ट्रिब्युशनपछि एकजना परीक्षार्थीकोमा मोबाइल उद्धार गरेको छ। उक्त परीक्षार्थी श्रीगुरू विद्यामन्दिरकी छात्रा हुन्। बोर्डको सेन्ट्रल कमिटीलाई यसबारे जानकारी गराइएको छ भने सेन्ट्रल कमिटीले नै यस विषयमा निर्णय लिइनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomjojobetkargabetİmajbetimajbetjojobetCasibomjojobetgrandpashabetcasibomxslotnesinecasinotipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habervdcasinomatadorbetcasibomVdcasinomatbet güncel girişsekabet girişonwinjojobetjojobetsahabetjojobet girişvdcasino girişgrandpashabetjojobetpalacebetteosbetbahiscasino1winbetgitromabetgameofbetradissonbetcratosroyalbetgrandpashabetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibombetsalvador giriş Built with ❤︎ by appycodes