सिलगढीमा पशु हत्या गरेको आरोपमा युवक पक्राउ

सिलगढी : एनजेपी थाना पुलिसले पशु हत्या गरेको आरोपमा एकजना युवकलाई पक्राउ गरेको छ। पक्रा परेका युवक एनजेपीको नर्थ कोलनी निवासी विक्रम रामको रूपमा चिन्हित गरिएको छ। पक्रा परेका युवकलाई कठोर सजाय दिइनुपर्ने सहरका विभिन्न पशुप्रेमी संगठनले माग गरेको छ। प्राप्त जानकारी अनुसार गत राति एनजेपी नर्थ कोलनीको हरिजन बस्तीमा एकजना युवकले मदपान गरेको अवस्थामा भुस्याहा कुकुरलाई छुरीले प्रहार गरे। यसपछि रक्ताम्मे अवस्थामा केही समयपछि उक्त कुकुर मरेको बताइएको छ। उक्त घटनाबारे थाहा पाएपछि विश्वदीप भट्टाचार्य नाम गरेको एकजना व्यक्तिले आरोपी युवक विरुद्ध थानामा लिखित अभियोग दर्ता गरे। अभियोगको आधारमा पुलिसले विक्रम रामलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.