सिलगढीमा फेला पऱ्यो संदिग्ध हेन्ड ग्रेनेड, भोली निष्क्रिय गरिने

सिलगढी: सिलगढीको प्रधान नगर थाना अन्तर्गत पर्ने मोहरगांव गुलमा चिया बगानको कार्यालय क्याम्पस परिसरमा आज एउटा विस्फोटक संदिग्ध हेन्ड ग्रेनेड फेला परेको छ। यसलाई लिएर मोहरगांव चिया बगान कार्यालयमा आज सनसनी फैलियो। यस घटनाबारे तत्कालै प्रधान नगर थाना, आईबी साथै सीआईडी-लाई खबर दिएको छ। खबर पाउन साथ पुलिस घटनास्थलमा पुगेर परिस्थितिलाई नियन्त्रणमा लिइयो। उक्त विस्फोटक पदार्थको कारण पुलिसले सुरक्षा व्यवस्था अप्नाएर फेला परेको विस्फोटक पदार्थको चारैतिर बालुवा हालेको बोराले छेकेको छ भने त्यहाँ कठोर सुरक्षा व्यवस्था अप्नाएको छ। अब भोली बिहान घटनास्थलमा पुगेर सीआईडी टीमले उक्त विस्फोटकको जाँच गर्नको साथै निष्क्रिय गरिने भएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *