सिलगढीमा फेरि अवैध कल सेन्टरको खुलासा, 5 जना महिला सहित 20 जना पक्राउ

सिलगढी (निसं) : सिलगढीमा फेरि एकपल्ट अवैध कल सेन्टरको खुलासा गर्दै 5 महिला सहित मोठ 20 जनालाई पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार मातिगढास्थित वेबल आईटी पार्कको फेज-3 मा गत राति एसओजी, डीडी अनि मतिगढा थाना पुलिसले संयुक्त अभियान चलाएर अवैध कल सेन्टरको खुलासा गरेको छ। उक्त कल सेन्टरको माध्यमबाट विदेशका मानिसहरूलाई ठग्ने गरेको आरोप रहेको छ। एसओजी, डीडी र मतिगढा थाना पुलिसले उक्त अवैध कल सेन्टरमा अभियान चलाएर कम्प्यूटर, सीपीयू लगायत अन्य कागज पत्रहरू पनि जफत गरेको छ। यसको साथै यस कल सेन्टरमा काम गर्ने म्यानेजर, केयरटेकर सहित मोठ 20 जनालाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा 5 जना महिला पनि सामेल छ। पक्रा परेका कल सेन्टरका म्यानेजर सोनी गुप्ता अहमदाबाद निवासी हुन् भने पुलिसको प्राथमिक जाँचमा यो कल सेन्टरको मालिक गुजरातका अभिषेक राजपूत हुन्।
यसैबीच, मतिगढा थाना पुलिसले पक्रा परेका सबै 20 जनालाई आज सिलगढी अदालतमा पेश गऱ्यो। हाल पुलिस अनि साइबर टीमले यस मामिलाको संयुक्त जाँच शुरू गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *