सिलगढीमा फेरि देखा पऱ्यो मोहम्मद युनूसको विरोधमा पोस्टर

सिलगढी, 24 दिसम्बरः सिलगढीमा फेरि मोहम्मद युनूस विरोधी पोस्टर देखा परेको छ। यस्ता पोस्टरहरू एनजेपी थाना अन्तर्गत क्षेत्रमा टाँसिएको छ।
बंगलादेशमा भारतीय राष्ट्रिय झण्डाको अपमान, हिन्दूहरूमाथि अत्याचारको घटनाहरू बढ्दैछन्। युनूस सरकारको सहयोगमा बंगलादेशमा देशका मौलवी शक्तिहरू भारत विरोधी क्रियाकलापमा संलग्न हुँदैछन्। बंगलादेशका मौलवीहरूले भारत विरोधी टिप्पणी गर्दैछन्। यसको विरोधमा यता, बंगालका मानिसहरू सहभागी भएका छन्। केही दिन अघि पनि सिलगढीमा युनूस विरोधी पोस्टर देखिएको थियो।
आज फेरि एनजेपीको अम्बिका नगरदेखि भालोबासा मोडसम्म सडकका विभिन्न स्थानहरूमा युनूस विरोधी पोस्टरहरू टाँसिएका छन्। ती पोस्टरहरूमा मोहम्मद युनूसको फोटो र “बंगलादेशी जिहादी सरकार” लेखिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *