सिलगढीमा फेरि पिस्तोल, कार्तुस सहित 2 जना पक्राउ

सिलगढी: लोकसभा चुनाउअघि सिलगढीमा एकपछि अर्को गर्दै आग्नेयास्त्र उद्धार गरिरहेको छ। हिजो फेरि मतिगढा थाना पुलिसले आग्नेयास्त्र, जिउँदो कार्तुस सहित 2 जनालाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरूमा तफाजुल हुसेन र राकेश अली सामेल छन्। तिनीहरू दुवै दक्षिण दिनाजपुर निवासी हुन्। प्राप्त जानकारी अनुसार तफाजुल र राकेश वान सटर पिस्तोल बिक्री गर्नको लागि एउटा वाहनमा सवार भएर मालदाबाट सिलगढी आइपुगेको मतिगढा थाना पुलिसले गोप्य सुइँको पाउनसाथ सिलगढी पुलिस कमिश्नरेट नजिकै अभियान चलाएर उक्त वाहनको छानबीन गर्दा वान सटर पिस्तोल, जिउँदो कार्तुस उद्धार गरेको बताइएको छ। यसपछि पुलिसले वाहनमा सवार 2 जनालाई पक्राउ गर्नको साथै वाहन नियन्त्रणमा लिएको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *