सिलगढीमा फोहोर-मैला उठाउने वाहनबाट कार्तुसको खोल उद्धार

सिलगढी : सलिड वेस्ट म्यानेजमेन्टको फोहोर मैला उठाउने वाहनमा कार्तुसको खोल भेट्टाइएपछि हो-हल्ला मच्चियो। उक्त घटना सिलगढी नगरनिगमको 33 नम्बर वार्डमा घटेको हो। आज बिहान सफाई कर्मीहरूले 33 नम्बर वार्डको विभिन्न इलाकाहरूमा सफाईको काम गरिरहेको समय एकजना सफाई कर्मीले एउटा मैला उठाउने वाहनमा प्लास्टिकको एउटा प्याकेट देखेपछि उक्त प्याकेट खोल्दा कार्तुसको खोल देखे। उक्त सफाई कर्मीले जिउँदो कार्तुस सम्झेर वार्ड कार्यालयमा पुगेपछि वार्ड कार्यालयका कर्मचारीले पुलिसलाई सुम्पिदिएको बताइएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार यो प्रयोग गरिएको कार्तुसको खोल हो। एनजेपी पुलिसले घटनाको जाँच शुरू गरेको छ। स्मरण रहोस्, आज विहान यसै वार्डबाट नै अन्य फोहोर मैला फ्याँक्ने ठाउँबाट असमको लगभग 25 वटा आधार कार्ड उद्धार भएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *