सिलगढीमा पिकनिक खेलिरहेको समय थप्पड हिर्काएको सन्तोष साहनीविरुद्ध आरोप, युवकले घरमा गएर गरे आत्महत्या

सिलगढी: पिकनिक खेलिरहेको समय विवाद हुँदा एकजना युवकलाई थप्पड हिर्काएको व्यक्ति विरुद्ध अभियोग उठेको छ। यसपछि उक्त युवकले घरमा गएर आत्महत्या गरेको बताइएको छ। सिलगढीको 35 नम्बर वार्डमा उक्त घटना घटेको हो। मृतक युवकको नाम विजय सरकार बताइएको छ। प्राप्त जानकारी अनुसार विजय सरकार ट्याङ्कर वाहनमा काम गर्दथे। महालयको अवसरमा घर नजिकै स्थानीय केही मानिसहरू मिलेर पिकनिक खेलिरहेका थिए। पिकनिकमा विजयको भाइ पनि थिए। केही विषयलाई लिएर दुई दाजु-भाइबीच विवाद भए तापनि पछि मेलमिलाप भएको थियो। विजयको परिवारका सदस्यहरूको आरोप अनुसार सन्तोष साहनी नाम गरेका छिमेकीले विजयलाई कुटपीट गर्दा तिनको परिवारका सदस्यहरूले यसको विरोध गरे। यसपछि सन्तोषले फेरि विजयलाई थप्पड हिर्काएको आरोप रहेको छ। विजय रिसले पिकनिक छोडेर घरमा गएका थिए भने यसको केही क्षणपछि घर पछिल्तिरबाट झुन्डिएको अवस्थामा विजयको शव उद्धार भएको बताइएको छ। परिवारका सदस्यहरूले शव उद्धार गरेर सिलगढी जिल्ला अस्पतालमा लगे तापनि चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिए। यसपछि आक्रोशित बनेर सन्तोषको वाहन तोडफोड गरेको बताइएको छ। उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा आज शव पोस्टमार्टम गरियो। उक्त घटनापछि सन्तोष साहनी र तिनका परिवारहरू घर छोडेर भागेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *