सिलगढीमा पिस्तोल र कार्तुस सहित 2 जना पक्राउ

सिलगढी : स्पेशल अपरेसन ग्रुप र बाघडुग्रा थाना पुलिसले गत राति आग्नेयास्त्रको किन-बेच मामिलामा ठुलो सफलता हासिल गरेको छ। गोप्य सूचनाको आधारमा एसओजी र मेट्रोपोलिटन बाघडुग्रा थाना पुलिसले सादा पोसाकमा गोसाईपुर रेलवे ब्रिज नजिक संयुक्त अभियान चलाएर 2 जना व्यक्तिलाई सन्देहको आधारमा पक्राउ गरेर छानबीन गर्दा एउटा 7 एमएम पिस्तोल र दुई राउण्ड जिउँदो कार्तुस उद्धार गरेको बताइएको छ।


पक्रा पर्नेहरूमा कालीचरण बर्मन र प्रशान्त राय सामेल छन् भने यी दुई व्यक्तिले पिस्तोलको डिलिभरी गर्ने गर्छन्। बाघडुग्रा थाना पुलिसले अब यी 2 व्यक्तिको माध्यमद्वारा आग्नेयास्त्रको किन-बेचको व्यवसायका मास्टरमाइन्डसम्म पुग्ने तयारी गरिरहेको बताइएको छ। पक्रा परेका दुई व्यक्तिविरुद्ध गैरकानुनी रूपमा हतियार राखेको आरोपमा मामिला दर्ता गरेर आज दुवैलाई सिलगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *