सिलगढीमा पिस्तोलसहित एकजना पक्राउ

सिलगढी : विधानसभा चुनाउको मुखैमा एनजेपी थाना पुलिसले सिलगढीमा फेरि आग्नेयास्त्रसहित एकजना व्यक्तिलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेका व्यक्ति बारीभाषाको मादानी बजार निवासी विश्वनाथ चक्रवर्तीको रूपमा सामेल छन्। प्राप्त जानकारीअनुसार एनजेपी थाना पुलिसले गत राति गोप्य सूचनाको आधारमा डाबग्राम 1 नम्बर अञ्चल अन्तर्गत पर्ने ठाकुरनगर रेलगेट संलग्न इलाकामा अभियान चलाएर एउटा 7.65 एमएम पिस्तोल सहित एकजना व्यक्तिलाई पक्राउ गरेको बताइएको छ।


पुलिस सूत्रले दिएको जानकारीअनुसार पक्रा परेका व्यक्ति चोरी, डकैती लगायत विभिन्न असामाजिक कार्यमा संलग्न रहेको साथै तिनी विरुद्ध थानामा विभिन्न अभियोग दर्ता रहेको छ। विधानसभा चुनाउको मुखैमा सहरमा बारम्बार आग्नेयास्त्र उद्धार गरिएकोले सिलगढी मेट्रोपोलिटन पुलिस चिन्तित बनेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *