सिलगढीमा पिस्तोल सहित 2 जना पक्राउ

सिलगढी : न्यु जलपाईगढी थाना पुलिसले सिलगढी संलग्न पोड़ाझार नौकाघाट पुलमुनिबाट एक राउण्ड जिउँदो कार्तुस, एउटा देशी पिस्तोल सहित दुईजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेकाहरूमा मेडिकल संलग्न कलमजोत इलाका निवासी क्रमैले विप्लव सरकार र गोविन्दा साहा सामेल छन्।


पुलिस सूत्रले दिएको जानकारी अनुसार न्यु जलपाईगढी थाना पुलिसले गत राति लगभग 8 बजी दुईजना व्यक्ति हतियार बेच्ने उद्देश्य लिएर नौकाघाट पुलमुनि कसैलाई पर्खिरहेको गोप्य सुइँको पाएपछि पुलिसले सादा पोसाकमा उक्त इलाकामा अभियान चलाएर एक राउन्ड जिउँदो कार्तुस, एउटा देशी पिस्तोलसहित तिनीहरूलाई पक्राउ गरेको बताइएको छ। पक्रा परेका दुईजना व्यक्तिलाई आज जलपाईगढी अदालतमा पेश गरियो। पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *