सिलगढीमा पिस्तोल सहित 2 जना युवक पक्राउ

सिलगढी : प्रधान नगर थाना पुलिसले पिस्तोलसहित 2 जना युवकलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा पर्नेहरूमा शिवा बर्मन (22) र पंकज महतो (28) सामेल छन्। प्राप्त जानकारी अनुसार, गत अबेर राति दुईजना युवक पिस्तोल लिएर जङ्क्सन इलाकामा घुमफिर गरिरहेको देखेपछि घटनाबारे पुलिसलाई खबर दिए।


घटनाको खबर पाएर प्रधान नगर थाना पुलिस घटनास्थलमा पुगेर पिस्तोलसहित दुईजना युवकलाई पक्राउ गरेको बताइएको छ। पक्रा परेका दुईजना युवकले यसभन्दा पहिला पनि केही अपराधिक घटनामा संलग्न रहेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *