सिलगढीमा पिस्तोल सहित युवक पक्राउ

सिलगढी : गोप्य सूचनाको आधारमा प्रधान नगर थाना पुलिसले सिलगढी एक नम्बर वार्डको महानन्दा कोलनी इलाकाबाट आग्नेयास्त्र सहित एकजना युवकलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका युवक सिलगढीको 1 नम्बर वार्डको कुल्लीपाडा राजेन्द्र नगर निवासी 20 वर्षीय कमल पण्डितको रूपमा चिन्हित गरिएको छ। पुलिस सूत्रले दिएको जानकारीअनुसार 2020-मा जङ्क्सनमा एकजना व्यक्तिको हत्या गरेको आरोपमा कमल पण्डितलाई पक्राउ गरिएको थियो। दीर्घदिनदेखि कमल जेलमै थिए भने जेलबाट रिहा भएपछि तिनले चोरी-छिनताई लगायत विविध अपराधमूलक कार्यहरू गर्ने गरेको बताइएको छ। केही दिन अघि पनि कमललाई पक्राउ गरेपछि रिहा गरिदिएको थियो। गत राति कमल पण्डित आग्नेयास्त्र लिएर कुनै अपराधमूलक कार्य गर्ने उद्देश्यले निस्केको पुलिसले अनुमान लगाएको छ। तथापि, पुलिसले गोप्य सूचनाको आधारमा अभियान चलाएर तिनलाई पक्राउ गरेको हो। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwinjojobet güncel girişroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetperabetperabetJojobetPusulabet JojobetjojobetgrandpashabetcasibomjojobetcasibomgrandpashabetmatadorbetGrandpashabet giriş Built with ❤︎ by appycodes