सिलगढीमा पिस्तोल सहित युवक पक्राउ

सिलगढी : एनजेपी थाना अन्तर्गत भालोबासा मोडबाट आग्नेयास्त्रसहित एकजना युवकलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेका युवक मतिगढाको शिमुलतला इलाका निवासी देवाशीष दासको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार गत राति भालोबासा मोड संलग्न इलाकामा एकजना युवकलाई घुमफिर गरिरहेको देखेपछि पुलिसले उक्त युवकलाई रोकेर छानबीन गर्दा एउटा अटोमेटिक पिस्तोल, एक राउण्ड जिउँदो कार्तुस उद्धार गरेको बताइएको छ।


यसपछि पुलिसले उक्त युवकलाई पक्राउ गर्यो। पुलिस सूत्रले दिएको जानकारीअनुसार पक्रा परेका युवक विरुद्ध पहिला पनि विविध अपराधमूलक कार्य गरेको अभियोग दर्ता गरिएको थियो।   


Leave a Reply

Your email address will not be published. Required fields are marked *