सिलगढीमा पिउने पानीको समस्या, गौतम देवद्वारा फुलबारी जल प्रकल्पको निरीक्षण

सिलगढी :  गत केही दिनदेखि सिलगढी सहरमा पिउने पानीको सर्वराहमा समस्या भइरहेको छ। उक्त समस्याको समाधान गर्ने उद्देश्य लिएर आज सिलगढी नगरनिगमको प्रशासक बोर्डका सदस्यहरूलाई साथमा लिएर प्रशासक गौतम देवले फुलबारी जल प्रकल्पको निरीक्षण गरे। सिलगढी सहरमा पिउने पानीको सर्वराह स्वभाविक गर्न तिनले आज फुलबारी जल प्रकल्पका अधिकारी तथा इञ्जिनियरहरूसित कुराकानी गरे। यस अवसरमा गौतम देवले भने, पिउने पानीको आपूर्ति गरिने ठाउँमा यान्त्रिक समस्याले गर्दा केही दिनदेखि सिलगढी सहरमा पिउने पानीको सर्वराहमा बाधा भइरहेको छ। प्रकल्पको दायित्वमा रहेका अधिकारी तथा कर्मीहरूले दिनरात एक गरेर कार्य गरिरहेकोले गर्दा आगामी दुई दिनको अवधिमा पिउने पानीको सर्वराह स्वभाविक हुने तिनले आशा व्यक्त गरेका छन्। यसको साथै सिलगढी सहर र यसको छेउछाउका इलाकाहरूमा पिउने पानीको सर्वराहको लागि गजलडोबा मेगा जल प्रकल्प शुरू गरिने साथै यसको लागि 470 करोड रुपियाँको प्रकल्प सरकार समक्ष जम्मा गरिएको छ भने यसको अनुमोदन पाएपछि चाँडै कार्य शुरू गरिने तिनले बताए। फुलबारी जल प्रकल्पबाट सिलगढी सहरमा पिउने पानी संग्रह गर्ने गरे तापनि सिलगढी नगरनिगम बोर्डमा रहेका पहिलाका अधिकारीले यसको मरमति गर्नमा कुनै पहल नगरेकोले गर्दा नै हाल समस्या भइरहेको तिनले गम्भीर आरोप लगाएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *